काठमाडौं । प्रमुख पर्यटकीय गन्तव्य ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्मा निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी धु्रव अधिकारीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएका अध्यक्ष शर्माले सात सय ७२ मत प्राप्त गर्नुभएको थियो भने अधिकारीले पाँच सय ६८ मत प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी उपाध्यक्षमा प्रश्रय राजभण्डारी, गीता गुरुङ र सहदेव धमला, महासचिवमा राजीव पाण्डे, सचिवमा रामचन्द्र गिरी र कोषाध्यक्षमा पुण्यराम लगेजु निर्वाचित हुनुभएको निर्वाचन अधिकृत पुष्पराम पौडेलले जानकारी दिनुभयो । सदस्यमा प्रकाश थपलिया, श्रीकृष्ण थपलिया, रोशन अधिकारी, कोपिला सिम्खडा, चेतनाथ पुडासैनी, पूर्णिमा मालाकार, तेञ्जिन लामा र लालबाबु चौधरी निर्वाचित हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष शर्माले समग्र ठमेल क्षेत्रको विकासका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका