एभरेस्ट र हिमालयनको एकीकृत कारोबार

Read Time = 2 mins

काठमाडौं । एभरेस्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गरेका छन् । आइतबार एक कार्यक्रमका बीच हिमालयन एभरेस्ट इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गरेका हुन् ।

कम्पनीको केन्द्रीय कार्यालय बबरमहलस्थित साबिकको हिमालयन जनरल इन्स्योरेन्समा रहनेछ । हिमालयन एभरेस्टको सञ्चालक समितिमा दुवै संस्थाबाट तीन-तीनजनाको प्रतिनिधित्व गराइएको छ भने अध्यक्षको जिम्मेवारी हिमालयन जनरलका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी हिमालयनकै विजयबहादुर शाह र वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी एभरेस्टका प्रमुख कार्यकारी अधिकृत कमल गौतमलाई दिइएको छ ।

मर्जरपछि कुल कर्मचारी संख्या चार सय ४४ पुगेको र शाखा संख्या ७५ पुगेको कम्पनीले जनाएको छ । सय बराबर ८५ को अनुपातमा मर्जर भएसँगै बनेको कम्पनीको चुक्ता पुँजी दुई अर्ब २३ करोड ९९ लाख रुपैयाँ पुगेको छ । मर्जरअघि हिमालयनको चुक्ता पुँजी एक अर्ब १७ करोड ३५ लाख र एभरेस्टको एक अर्ब २५ करोड ४६ लाख रुपैयाँ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?