साबित्राले पुनः भारतीय क्लब केरेलाबाट खेल्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका स्ट्राइकर सावित्रा भण्डारी पुनः भारतीय क्कब गोकुलम केरेला एफसीमा अनुबन्ध भएकी छिन् ।

नेपाल राष्ट्रिय महिला टोलीकी सर्वाधिक गोलकर्ता साबित्रालाई गोकुलमले अनुबन्ध गरेको सामाजिक सन्जालमार्फत जनाएको हो ।

गत वर्षसमेत गोकुलमबाट भारतीय आई लिगको उपाधि जितेकी साबित्राले यस पटक एएफसी च्याम्पियनसिप भारतीय आईलिग खेल्नेछिन ।

सन् २०२० सिजन साबित्राले गोकुलमबाट लिग उपाधी जितेकी थिइन् । त्यस अघि साबित्रा र अनु बस्नेत सम्मिलित सेथु एफसीले आइ लिगको उपाधी जितेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?