भारतमा आज नयाँ राष्ट्रपति चयनका लागि चुनाव हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

नयाँ दिल्ली । भारतमा १५औं राष्ट्रपति चुन्न आज (सोमबार) चुनाव हुँदैछ । आज बिहान १० बजेदेखि मतदान हुने समय तोकिएको छ । चुनावमा सत्तारुढ एनडीएको तर्फबबाट द्रोपदी मुर्मू र विपक्षबाट यशवंत सिन्हालाई उम्मेदवार बनाइएको छ ।

विपक्षका उम्मेदवार सिन्हाले आइतबर अपिल जारी गर्दै अन्तरआत्माको आवाज सुनेर आफूलाई मतदान गर्न अपिल गरेका छन् । सिन्हा कुनै बेला सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) मै थिए, सोही कुरालाई सिन्हाले भावनात्मक रूपमा अगाडि सारेका छन् ।

चुनावमा सत्तारुढ बीजेपीसँग ४८ प्रतिशत र विपक्षीसँग ५२ प्रतिशत भोट रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तैपनि सत्तारुढ पक्षकी उम्मेदवार द्रोपदीले पनि विभिन्न दलको समर्थन जुटाएकी छन् ।

राष्ट्रपतिका दुवै उम्मेदवार मुर्मू र सिन्हा उत्तिकै प्रभावशाली भएकाले चासोका साथ हेरिएको छ । गोप्य मतदाता हुने भएकाले जातीय, क्षेत्रीय, भावनात्मक कुराले मत प्रभावित हुनसक्ने अनुमान गरिँदैछ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?