ऋतु रहस्य र तुलसीको उपादेयता

अच्युतप्रसाद पौडेल ‘चिन्तन’
Read Time = 16 mins

वर्षभरि रहेका मुख्य छ ऋतुमध्ये वर्षाऋतु आरम्भ भएको छ । पूर्वीय दर्शनअनुसार श्रावण र भाद्र महिनालाई वर्षा ऋतु भनिन्छ । विश्वका विभिन्न मुलुकपिच्छे ऋतुहरू फरक हुन सक्छन् । संसार वा शरीरका पञ्चतत्वमध्ये पानी एक प्रमुख विषय हो । पृथ्वीमा जमिनभन्दा पानीको मात्रा दुईतिहाइले बढी छ । सूक्ष्म ब्रहृमाण्ड हाम्रो स्थूल शरीर पनि पाँचतत्वको समिश्रण हो र बाहृय संसार भन्नु माटो र पानीको खेल हो भने भित्री संसार हाम्रो शरीर र मन मस्तिष्कलाई शीतल जलहरपल आवश्यक हुन्छ । हाम्रो खानामा पनि पानीको मात्रा बढी र हामी बसेको जमिनमुनि पानीको अथाह जल भण्डार छ ।

चिकित्सकहरू भन्छन् शरीरको तौललाई २० ले भाग गर्दा हुन आउने अंक बराबर लिटर दैनिक पानी पिउने गर्नुपर्छ, अर्थात् ६० किलो वजनकोे मानिसले दिनमा ३ लिटर पानी खानुपर्छ । पूर्वीय शास्त्रले पानीको व्यवस्थापन, पानीको स्रोत र यसको निकास, पानीको उपचार पद्धति, प्रदूषणमुक्त पानीको आपूर्ति, त्यसको भण्डारण, घरभित्र र घरबाहिर पानीको आपूर्ति स्थितिदेखि निष्काशन पद्धतिसम्मको चर्चा गरेको छ । घरभित्र भूमिगत पानीको व्यवस्था इनार वा धाराको स्थिति, स्नानघरको दिशा निर्धारण, पानीको बहाव अध्ययनदेखि खेती किसानी कार्यमा प्रदूषणमुक्त पानीको आपूर्तिबारे समेत चनाखो रहन भनेको छ ।

स्वच्छ र पवित्र जलमा रहने जलचरहरूको स्थिति, तालतलैया, नदीसंरक्षण, भूक्षय निवारणदेखि वृक्षरोपणसम्म, कलकारखानाबाट निस्कने विषादी तत्वबाट जलचर, स्थलचर, वायुचरलाई पर्ने प्रभावदेखि विषादी पानीबाट उब्जनी भएका खाद्य बालीनालीबाट मानवका लागि असाध्य र कडा रोगबाट पीडित हुनुपर्ने र घरवरिपरि, छिमेकमा अस्पताल, प्रयोगशालाको वृद्धिले मानव मनस्थिति थप आक्रान्त छ अहिले ! पानीको बहावस्थिति, यसको वैज्ञानिक अध्ययन र विश्लेषण एवं समुचित प्रबन्ध हुन नसक्ता ठूला नदीहरूबाट पर्ने दुष्प्रभावका कारण कतिपय मानव घरबारविहीन भएका छन् र वर्षेनी मलिलो माटो र नवीन ऊर्जालाई खेर फालिएको छ ।

काठमाडौं उपत्यकास्थित पवित्र वागमती, विष्णुमती, इक्षुमती, रुद्रमतीमा अब पानीको बहाव होइन ढलको बहाव मात्र छ । विषादीका कारण वागमतीमा वर्षमा आठ महिना ढल बग्ने गर्छ भने बाँकी चार महिना वर्षे मैलो भेल बग्ने गर्छ । जलचरहरू नरहने विषयुक्त नदीमा स्नान गर्नु हुँदैन । शास्त्रीय दृष्टिले घरभित्रको पानी निष्काशन गर्दा पूर्र्व, उत्तर वा ईशान कोणतर्फबाट निष्काशन गर्नुपर्छ । घरको पश्चिमतर्फबाट पानी निष्काशन गर्नाले घरमा सह हुँदैन, दक्षिणतर्फबाट निष्काशन गरेमा परिवारमा अनावश्यक स्वास्थ्यसम्बन्धी समस्या देखापर्ने गर्छ । छतकोे पानी र सेफ्टीट्यांकीको पानी एकैसाथ निष्काशन गर्नु पनि हुँदैन ।

छानामाथिको पानी वा खाली जमिनको पानी वा आँगन, चोक, बारी आदिको पानीको निष्काशन पनि सकेसम्म उत्तरी भागतर्पm निकास दिनुपर्छ । घरको ठीक ईशान दिशामा इनार, बोरिङ वा हल्का गहिरो क्षेत्र शास्त्रीय दृष्टिले शुभ मानिन्छ । ठीक ईशान दिशामा सम्भव नभए पूर्व या उत्तर पनि इनारको लागि शुभ मानिन्छ तर दक्षिण, नैऋत्य दिशामा रहेको इनारले रोग, अशान्ति, धनको हानि शरीर पीडा आदिको संकेत दिन्छ । वायव्य वा पश्चिम दिशाको पनि इनार शुभ हुँदैन । अग्निभय, शत्रुपीडा, सन्ततिक्षय र आर्थिक संकट आदि घरको इनार नमिलेकै कारण हुनेगर्छ ।

त्यसैगरी भूमिगत ट्यांकी पनि सर्वोत्तम क्षेत्र घरको ईशान दिशा नै हो । ईशान कोण सम्भव नभए उत्तर या पूर्वतर्फ पनि उत्तम हुन्छ । जमिन सतहभन्दा अग्लो हुनेगरी भने ट्यांकी बनाउनु हुँदैन । हिजोआज घरभित्र र त्यसमा पनि कोण पर्खालमा पर्ने गरी भूमिगत ट्यांकी निर्माण गर्ने गरेको देखिन्छ, त्यो शुभ होइन । छानामाथिको ट्यांकी भने नैऋत्य दिशा सर्वोत्तम हो । नैऋत्य दिशामा सम्भावना नरहे वायव्य दिशामा छतको ट्यांकी राख्न सकिन्छ । घरभित्र स्नानगृह भने घरको पूर्वदिशा सर्वोत्तम हुन्छ । अन्य दिशातर्फ पनि स्नानगृह बनाउन सकिन्छ तर स्नान गर्दा, हात-मुख, धुँदा जहिले पनि सकेसम्म पूर्व या उत्तर वा पूर्वोत्तर फर्कनुपर्ने हुन्छ ।

गिजरको प्रबन्ध भने स्नानगृहको पूर्वदक्षिण कुनामा गर्नुपर्ने हुन्छ भने वासबेसिन, ऐना आदिको प्रबन्ध उत्तर-पूर्वमा नै गर्नुपर्ने हुन्छ । घरबाहिरको स्नानगृह अन्य दिशामा पनि राख्न सकिन्छ तर घर÷भवनको भित्तामा टाँस्नु भने हुँदैन । ठूला महलहरूमा पानीको प्रबन्ध हरेक तलापिच्छे छुट्टाछुट्टै गर्नुपर्छ र यसो गर्दा उत्तरपूर्वतर्फ नै पिउने पानीको प्रबन्ध गर्नुपर्छ । वर्षा ऋतुमा वृक्षरोपण गरी सदैव हरियाली निर्माण गर्न सके समस्त दिवंगत पितृहरू खुशी हुन्छन् । वृक्षरोपण गर्नु भनेको पितृयज्ञ नै हो । घाम झुल्किएभैmँ झुल्केको मेलम्ची हाल अस्ताएको छ, फेरि काठमाडौंवासी काकाकुल बनेका छन् ।

स्वदेशी विदेशीहरू रानीपोखरीमा पानी चाहन्छन्, त्यसैले ट्यांकरबाट खन्याइएको छ । वृक्ष वरिपर नै पानी बढी हुन्छ । अरूका लागि पानीको प्रबन्ध गर्नु भनेको महापुण्य प्राप्ति गर्नु हो । जहाँ सीमसार क्षेत्र वा जलाशय हुन्छ त्यहाँको प्रकृति रमणीय हुन्छ र जलचरहरू संरक्षित महसुस गर्न सक्छन् । जलचर हाम्रा अभिन्न मित्र नै हुन् । जीवमात्रको कल्याण मानिसको ठूलो धर्म हो । मानिसले केवल आप्mना लागि मात्र पानीको प्रबन्ध गरेर हुँदैन अरूको लागि पनि गर्नुपर्छ । कुवा, तलाउ, धारा निर्माण गर्ने मानिसले जीवनमा अन्य वस्तु दान गर्नु पर्दैन भनिएको छ ।

आफूले निर्माण गरेको कुवा, तलाउ क्षेत्रमा सधैंभरि पानी रहृयो भने उसलाई विषम संकटको घडी कहिल्यै देखा पर्दैन । वर्षा ऋतुमा निर्माण भएका कुवा आदिमा शरदऋतुसम्म पानी रहृयो भने त्यस्तो व्यक्तिले एकहजार गोदानको पुण्य प्राप्ति गर्न सक्छ । वर्षा ऋतुमा निर्माण गराएको इनार, कुवामा हेमन्त वा शिशिर ऋतुसम्म पानी रहेमा धेरै स्वर्णमुद्रा दान गरेको पुण्य मिल्छ । हिजोआज असारे विकासले घरवरिपरि, बाटोघाटो सबै पिच गर्ने परिपाटीले वर्षाको पानी जमिनभित्र जान सकेको छैन र भूमिगत पानीको हालत हामीलाई थाहै छ । इनार, जलाशय, नदी, कुवा, निर्माण गर्ने क्षेत्र प्राय शहरी क्षेत्रमा देखा पर्दैन तर पनि सत्यरूपी तीर्थ नै विशाल, सिद्ध र पवित्र जलाशय हो ।

यसमा योगाभ्यास गरी मनद्वारा सात्विक र प्रदूषणमुक्त स्नान गर्न सके माथिको पुण्य प्राप्त गर्न कठिन छैन । पिपल र तुलसीले धेरै पानी बोक्छ । तुलसीको विशेष पर्व आषाढ शुक्ल एकादशी अर्थात् चतुर्मासको आरम्भ भइसकेको छ । प्रत्येक तिथि र बारका स्वामीहरू अलग अलग रहेका छन् । द्वादशीका स्वामी विष्णु हुन्, विष्णु भन्नु तुलसी नै हो । तुलसीको शाब्दिक अर्थ ‘तु’ भन्नाले तुरीय अवस्था मानवको मस्तिष्क ज्ञानको अभिव्यक्ति बुझिन्छ । ‘ल’ को अर्थ वैराग्यको प्रतीक हाम्रो स्थूल शरीर भाग शेष अर्थात् ‘लक्ष्मण’ बुझिन्छ र ‘सी’ को अर्थ हुन्छ हाम्रो हृदयको प्रतीक भक्ति ‘सीता’ हो ! हाम्रो मस्तिष्कमा ज्ञान र विज्ञान, हृदयमा भक्ति र बाहृय शरीरमा वैराग्यको त्रिवेणी भन्नु नै तुलसी उपासनाको मूल ध्येय हो ।

घर, महल, मठ, मन्दिरहरूमा र चतुर्मास अवधि आषाढदेखि कात्तिकसम्ममा तुलसीको विशेष चिन्तन हुने गर्छ । तुलसीवृक्ष, उपासना वा मोठ भएका घरमा वास्तुदोष पनि रहँदैन । आवासगृहहरूमा अन्य वृक्ष, रूखहरूले छायाँ परेका भए वास्तु दोष मानिन्छ भने तुलसीवृक्षको छायाँ परेमा वास्तुदोष मेटिन्छ । शास्त्रअनुसार लुतसीको मोठ, गमला आदि सजाउने कार्य उत्तर, पूर्व या पूर्वोत्तर गर्नुपर्छ । तुलसीवृक्षबाट बिघ्न, बाधा हट्छन् । मनको भय, अशान्तिहरू दूर हुन्छन् । रोगनाशक शक्ति हुन्छ तुलसीमा !

आपद् उद्वारक बीज शक्ति तुलसीको उपासना गरेरै अपहरित सीतालाई रावणरूपी क्रोध, भय, हिंसाको अनि तनावको स्थितिबाट मुक्त गर्नु भएको थियो श्रीरामले ! पञ्चवटी क्षेत्रमा आफ्नै हातले जलसेचन गर्दै तुलसीप्रार्थना गरेको र उनै राम द्वापरयुगमा कृष्ण भई धर्ती अवतरित भएर वृन्दावन सुरम्य भएको हो । वृन्दा भन्नु तुलसी नै हो, यसको विशालताले त्यो क्षेत्र वृन्दावन भएको हो । तुलसी वृक्षक्षेत्र आपैंmमा पवित्र हुन्छ, नयाँ ऊर्जा पनि दिन्छ । मृत्यु शैय्यामा पुग्न लागेकाहरूलाई यसले ‘मृतसञ्जीवनी’ को काम गर्छ । तुलसी दर्शनले शरीरको सबै प्रकारको अभिष्टफल प्राप्त हुन्छ ।

घरघरमा तुलसीको स्थापना गर्नाले परमेश्वर सदा शिव सदैव प्रसन्न हुनुहुन्छ । तुलसीदललाई वैधृतियोग, व्यतीपातयोग, भृगुबार, मंगलबार, औँसी, पूर्णिमा तिथि, द्वादशी, आशौच समय र सूतकमा टिप्नु हुँदैन । तुलसीका सुप्रसिद्ध आठ नामहरू मध्ये ‘वृन्दा’, ‘वृन्दावनी’, ‘पुष्पसारा’ ‘नन्दिनी’ हो जसको अर्थ हुन्छ-सारा विश्वलाई पवित्रतम बनाउने ! विश्व ब्ररूमाण्डको उदय धर्तीको मूल तत्व पाँचभौतिक पदार्थ हो । अग्निपुराण, अथर्र्व वेद, उपनिषद्हरूदेखि मत्स्यपुराणसम्म र अनेकौं पूर्वीय धरोहर, साहित्य नै हुन् ।

यसै अन्तर्गतको छुट्टै पुराण ब्रहृमवैवर्त पुराणले तुलसीको व्यापक चर्चा गरेको छ । तुलसीसँग वायुप्रदूषण मुक्त गर्ने क्षमताको साथै जल प्रदूषणको मुक्तिको क्षमतासमेत रहेको हुन्छ । यमुनातटमा द्वापरयुगमा तुलसीवृक्ष भए पनि हाल कलियुगका नदी किनारमा तुलसीवृक्ष निषेध छ । जीवनका सञ्चालक जलशायी विष्णु र विष्णुको प्रतीक तुलसी अनि वर्षा ऋतुसँग घनिष्ट सम्बन्ध छ । वर्षाको पूर्वाभ्याससँगसँगै अन्नको मूलस्रोत जल भण्डार वितरण यसै आषाढदेखि नै हुने गर्छ । विस्तारै जलको वर्षा कम हुँदै जीवनको मूल स्रोत अन्न भण्डारको थालनी कार्तिक मार्गसँगै तुलसीको पूजा समापन हुने गर्छ ।

जीवनको उदय भनौं सृष्टि जलबाटै हुने हो र रक्षा अन्नबाटै हुने हो । जल र अन्न दुवैका लागि वायु र माटो आवश्यक छ । जीवन पनि वस्तुकै पर्याय हो । यसर्थ जीवन र हाम्रो समस्त जगत् व्यवस्थित सञ्चालनका लागि प्राप्त पूर्वीय चिन्तन मुताविक आपूmलाई सहज ग्रहण गर्ने क्षमता राख्दा आपूm, आफ्नो परिवार, समूह, समाज, राष्ट्र र पूरै विश्व एउटा परिवारमय हुन पुग्छ । जलवायु परिवर्तनको संकट समाधान गर्ने वैज्ञानिक उपाय दिन सक्छौं हामी संसारलाई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?