कांग्रेस केन्द्रीय कार्य समिति बैठक सकिँदै, सभापति देउवाले निर्णय सुनाउने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज सम्पन्न हुँदैछ। आजको बैठक दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।

बैठकमा एक सातादेखि केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले धारणा राख्दै आएका थिए । उक्त धारणाप्रति आज सभापति शेरबहादुर देउवाले निर्णय सुनाउन लाग्नुभएको हो ।

गत असार २७ गते सुरु भएको बैठकमा पार्टीका प्रदेश सभापतिहरू, केन्द्रीय सदस्य तथा पदाधिकारीले बोलिसकेका छन्। आज सभापति शेरबहादुर देउवा बोल्ने र निर्णयको माइन्युटिङसहित बैठक सम्पन्न गर्ने तयारी छ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्काको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन, महामन्त्री गगन थापाका बैठकका प्रस्ताव र प्रवक्ता डा. प्रकाशशरण महतको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको प्रतिवेदनमाथि छलफल भएको थियो ।

यस्तै बैठकमा सरकारका काम तथा पार्टी नेतृत्वको भूमिकामाथि पनि छलफल भएको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?