बलात्कार आरोपमा एक युवक पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

पर्वत । १३ बर्षीया बालिका बलात्कार आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक युवकलाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका-१३ मा बस्दै आएका २४ वर्षीय खिमबहादुर बिक लाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो।

बिकले ती बालिकालाई गत असार ३१ गते राति १० बजेको समयमा पोखरा महानगरपालिका-५ लभ्ली डाँडामा लगेर बलात्कार गरेको भन्ने सूचनाका आधारमा प्रहरीले उनको खोजी थालेको थियो।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले असार ३२ गते बिहान पौने चार बजे बिकलाई नियन्त्रणमा लिएको हो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?