बाँके प्रहरीले समात्यो २ सय ८१ फरार अभियुक्त

हिमालय टाइम्स
Read Time = 1 min

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले एक वर्षमा २ सय ८१ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा अदालतवाट दोषी ठहर भई फरार हुँदै आएका उनीहरुलाई गत आवमा पक्राउ गरी जेल पठाएको हो ।

ज्यान मार्ने उद्योग, लागूऔषध कारोबारी, जबरजस्ती करणी, यौनजन्य हिंसा, कुटपिट, ठगीलगायतका मुद्दामा सजाय र जरिवाना तोकिएकालाई पक्राउ गरिएको बाँके प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेकाबाट १ सय ३३ वर्ष ११ महिना १४ दिन कैद र ५६ लाख ५३ हजार ८ सय ३५ रुपियाँ जरिवाना असुल गर्न बाँकी रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?