धनकुटामा १८ केजी गाँजासहित ६ जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-७ फेदीबाट करिब १८ केजी अवैध लागूऔषध गाँजासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तेह्रथुम छथर गाउँपालिका-२ बस्ने ३२ वर्षीय गोविन्द लिम्बु लगायत छन् । उनीहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

प्र.१-०२-००१ ख ८७२० नम्बरको बसलाई प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

उक्त बस र चालकलाई समेत आवश्यक अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?