पेरिस । फ्रान्सको राजधानी पेरिसमा सोमबार राति गोली चल्दा एक जनाको मृत्यु भएको छ ।
एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा एक जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ । संदिग्धलाई प्रहरी हिरासतमा राखिएको छ ।
दुई जना पुरुष कारबाट बाहिर निस्केर एउटा बारको बरन्डामा बसेका व्यक्तिहरूलाई गोली हानेका सुरक्षाकर्मीले जनाएका छन् । अर्को संदिग्ध फरार रहेको जनाइएको छ ।
उक्त गोलाबारी शिशा क्याफेमा भएको स्थानीय मेयर फ्रान्कोइस भौग्लिनले जानकारी दिएका छन् । उनका अनुसार एक जना ग्राहकले एक जना संदिग्धलाई समात्न सफल भएका थिए । आक्रमणबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ । एजेन्सी
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका