अष्ट्रेलियन महिला फुटबलर केर पहिलो पटक इए स्पोर्ट्समा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अष्ट्रेलियन तथा इंग्लिस क्लब चेल्सीका स्ट्राइकर साम केर फिफा इलोक्ट्रेनिक्स आर्टस (इए स्पोर्ट्स) गेम्समा ‘कभर’ हुने पहिलो महिला खेलाडी भएकी छिन् ।

अष्ट्रेलियन महिला खेलाडी केर र फ्रान्स तथा पेरिस सेन्ड जर्मेन (पिएसजी) का केलियन एम्बाप्ले फिफा २०२३ को कभरमा देखिएका छन् ।

केरले सन् २०२१(२२ महिला सुपर लिगमा सर्वाधिक गोलकर्ता हुँदै गोल्डेन बुट जितेकी थिइन् । उनले प्रतियोगितामा २० गोल गरिन् । उनको सहयोगमा चेल्सी महिला सुपर लिग र एफए कपको उपाधि जित्न सफल भयो ।

केरले सन् २०२१(२२ को ‘पीफए प्लेयर्स’ प्लेयर्स अफ द इयर र महिला राइटर्स एसोसिएसन (एफडब्लुए) अवार्ड जितेकी छिन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?