बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

धनगढी। कैलालीमा बसको ठक्करबाट गम्भीर घाइते भएका साइकल यात्रीको मृत्यु भएको छ ।

सोमबार बिहान ना ६ ख ९६९३ नम्बरको बसले ठक्कर दिँदा घाइते हुनुभएका जिल्लाको गौरीगंगा नगरपालिका-२ कटान बस्ने ४६ वर्षीय खड्क थापाको मृत्यु भएको हो ।

बसले गौरीगंगा नगरपालिका-१ चौमाला बुहमुखी क्याम्पस नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको अवस्थामा ठक्कर दिएपछि गम्भीर घाइते हुुनुभएका थापाको उपचारका क्रममा मंगलबार बिहान धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बस र चालक धनगढी उप-महानगरपालीका-१ पुष्पलाल चोक बस्ने ४३ वर्षीये दीप श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?