श्रीलंकामा राष्ट्रपति निर्वाचन: पछि हटे सजिथ प्रेमदासा

हिमालय टाइम्स
Read Time = 1 min

कोलम्बो । श्रीलंकाका प्रमुख विपक्षी नेता सजिथ प्रेमदासा राष्ट्रपति निर्वाचनको दौडबाट पछि हटेका छन् । उम्मेदवारीको औपचारिक मनोनयन हुन केही मिनेटअघि प्रेमदास पछि हटेका हुन् ।

देशको भलाईका लागि राष्ट्रपति निर्वाचनको दौडबाट आफू पछि हटेको उनले बताएका छन् ।

उनको पार्टीले गत साता राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा श्रीलंका पोदुजाना पेरामुनाका नेता तथा पूर्व सञ्चारमन्त्री दुल्लास अलाहपेरुमालाई राष्ट्रपतिमा समर्थन गर्ने जनाएको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?