प्रचण्ड र बाबुराम भट्टराई बीच सिंहदरबारमा भेटवार्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा दाहाल र भट्टराईबीच भेटवार्ता जारी छ ।

स्रोतका अनुसार दुई नेताको छलफलपछि नेकपा एकीकृत समाजवादीका शीर्ष नेता पनि सिंहदरबार आउनेछन् ।

भेटवार्तामा समाजवादी केन्द्र गठनबारे छलफल भइरहेको स्रोतको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?