थप ३५७ जनामा कोरोना संक्रमण

Read Time = 1 min

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३२८ जनाको परीक्षणमा ३५७ जनामा संक्रमण पुष्टि भएको हो ।
१ हजार ८२८ जनाको पीसीआर परीक्षण गर्दा २६८ जना र १ हजार ५०० जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ९८२ पुगेको छ । पछिल्लो २४ घण्टामा ६२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २३ हजार १५० पुगेको छ । अघिल्लो दिन (सोमबार) ४५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने एक जनाको मृत्यु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?