धादिङको रुवीभ्याली र गजुरी गाउँपालिकाका १२ स्वास्थ्य केन्द्रकाे सेवा प्रभावित

Read Time = 3 mins

-बाबुराम श्रेष्ठ
धादिङ । धादिङको रुवीभ्याली र गजुरी गाउँपालिकाका १२ स्वास्थ्य केन्द्रकाे सेवा प्रभावित भएको छ । करारका स्वास्थ्यकर्मीहरु हटाएपछि गजुरी गाउँपालिका र रुवीभ्याली गाउँपालिकाले स्वास्थ्य सेवा बन्द भएको हो ।

जसका कारण स्वास्थ्य चौकीमा सेवा समेत रोकिएको छ । धादिङको रुवीभ्याली गाउँपालिकामा ८ स्वास्थ्य संस्था असार २० गतेदेखि नै बन्द भएका छन् । धादिङ आधारभूत स्वास्थ्य सेवा केन्द्र, लाप्साङ्कर्पो आधारभूत स्वास्थ्य सेवा केन्द्र, कपुरगाउँ सामुदायिक स्वास्थ्य इकाई, तीनचेत सामुदायिक स्वास्थ्य इकाई, कुप्चेत सामुदायिक स्वास्थ्य इकाई, नेवेर सामुदायिक स्वास्थ्य इकाई, सेर्तुङ हेल्थपोस्ट बन्द भएको छ ।
स्वास्थ्य संस्थाहरु बन्द हुँदा विकटको गाउँपालिका भएकाले बढी समस्या देखिएको छ । सुत्केरी गराउन आउनेदेखि स्वास्थ्य परीक्षण गरी औषधि लिन आउने बिरामीले समस्या भोग्न वाध्य भएको करार सेवाबाट हटेका अहेब निरबहादुर तामाङले बताउनुभयो । गाउँपालिकाले असार १६ गते सूचना प्रकाशित गरी हेल्थ असिस्टेन्ट ३ जना, अहेब ८ जना, अनमी ९ जना समेत गरी २९ जना स्वास्थ्यकर्मी माग गरेको प्रमुख प्रशासकीय अधिकृत ध्रुवकुमार राईले बताउनुभयो ।

गजुरी गाउँपालिकामा असार ३० गते २० जना स्वास्थ्य सेवाका स्वास्थ्यकर्मी करारमा माग गरिएको छ । गजुरी गाउँपालिकामा ५ ओटा स्वास्थ्य सेवा केन्द्रमा करारका कर्माचारी निकालिएपछि स्वास्थ्यकर्मी विहीन भएको छ । गजुरी गाउँपालिका वडा नम्बर २, ३, ४, ६ र ७ को आधारभूत स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्यकर्मीविहीन भएको र पुरानालाई अर्को नआउँदासम्म ज्यालामा काम गर्न अनुरोध गरिएको गजुरी गाउँपालिका स्वास्थ्य शाखाका सुन्दर श्रेष्ठले बताउनुभयो ।
करारमा राखिएका सबै स्वास्थ्यकर्मी हटाउँदा ४ नम्बर वडा कार्यालय समेत स्वास्थ्यकर्मी विहीन भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?