सोमबार स्थगित एन्फाकाे बैठक बिहीबार बस्ने

Read Time = 1 min

काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा०का अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि सोमबार स्थगित भएको कार्यसमिति बैठक बिहीबार हुने भएको छ ।

मंगलबार एन्फाले वेभसाइटमार्फत स्थगित बैठक बिहीबार बिहान ७ बजे सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने जनाएको हो ।

साधारणसभाले गत ६ असार नयाँ नेतृत्व चयन गरेपछि कार्यसमितिको दोस्रो बैठक सोमबार दिउँसो तीन बजे बस्ने तय थियो । तर, अचानक अध्यक्ष नेम्वाङको स्वास्थ्यमा समस्या आएपछि बैठक अनिश्चित बनेको थियो ।

एजेन्डाविना बोलाइएको पहिलो बैठकले विवादास्पद रुपमा केही महत्वपूर्ण निर्णय गरेपछि आलोचनाको चौतर्फी घेराभित्र परेको एन्फा कार्यसमितिको यो बैठकलाई नेपाली फुटबल जगतले विशेष चासोका साथ हेरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?