पत्रकारहरुमाथि आक्षेप लगाएर मिडियावाजी गरेको भन्दै युनियनको आपत्ति, प्रमाणित गर्न चुनौती

Read Time = 4 mins

-चन्द्रकान्त खनाल
रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरीदेवी चौधरीले आफनो गल्ती कमजोरी लुकाउन पत्रकारहरुमाथि गम्भिर आरोप लगाएको भन्दै प्रेस युनियनले आपत्ति जनाएको छ ।

गत साउन १ गते नगरसभा स्थगित भएपछि आन्दोलनमा उत्रिनुभएको उपप्रमुख चौधरीले देखाएको अभद्र व्यवहारबारे समाचार लेख्ने पत्रकार प्रति नियोजित रुपमा उहाँले आरोप लगाउनु भएको विज्ञप्तिमा उल्लेख छ ।

आइतबार रुपन्देहीको मणिग्राममा नगरसभा स्थगित भएलगत्तै चौधरीकै नेतृत्वमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु आन्दोलनमा उत्रेका थिए । सो क्रममा उपप्रमुख चौधरी अर्मयादित रुपमा प्रस्तुत हुँदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि गाली गलोजमा उत्रेपछि काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु त्यसको प्रतिवाद गरेका थिए । सो क्रममा धकेलाधकेलको स्थित सिर्जना भएको थियो । स्थिति तनावग्रस्त हुन थालेपछि प्रहरी समेत परिचालित गर्नु परेको थियो ।

सोही घटनाको समाचार संकलन गर्न पुगेका नागरिक दैनिकका लुम्बिनी प्रदेश संयोजक रेखा भुसाल र राज्य टेलिभिजन बुटवलका समाचार प्रमुख यमलाल भुसाललाई उहाँले अभद्र व्यवहार गर्नुभएको थियो । राज्य टिभिका पत्रकार यमलाल भुसालले बोकेको झोलामा नगरपालिकाको माइन्युट लुकाएको भन्दै उपमेयर चौधरीले जबरजस्ती खोस्नुभएको थियो ।

सोही घटनालाई अतिरन्जित गर्दै आफ्नो कमजोरी लुकाउन उहाँले सोमबार पत्रकार यमलाल भुसाल र नागरिककर्मी रेखा भुसाल समेतलाई पार्टीका पत्रकार भन्ने आक्षेप लगाउँदै मिडियावाजी गर्नुभएको थियो । उपप्रमुख जस्तो जिम्मेबार पदमा आशिन व्यक्तिले सत्य तत्थ्य समेत बुझने प्रयास नगरी पत्रकारमाथि अभद्र व्यवहार गर्ने र आफ्ना कामजोरी लुकाउन केही मिडियाको सहारा लिएर भ्रामक समाचार प्रकाशित गरेको प्रति पत्रकारहरुले आपत्ती जनाएका छन् ।

नेपाल प्रेस युनियन रुपन्देहीले समाचार संंकलनमा पुगेका प्रेस युनियन रुपन्देहीका अध्यक्ष रेखा भुसाल र सल्लाहकार यमलाल भुसाललाई हुलहुज्जतमा पारेर गलत आक्षेप लगाई कुनियतपुर्ण ढंगबाट समाचार बनाइ पीतपत्रकारिता गर्ने र भ्रामक समाचार प्रकाशित गर्नेहरुलाई पत्रकार द्धयमाथि लगाइएको आक्षेप प्रमाणित गर्न चुनौती दिएको छ ।

‘पत्रकार द्धय माथि आक्षेप लगाउनु पुर्व सम्बन्धित पक्षलाई सोध्ने चेष्टा समेत नगरी एक पक्षीय ढंगबाट बिसौं बर्षदेखि व्यवसायिक पत्रकारिता गर्दै आएका पत्रकारहरुको चरित्र हत्याको कुचेष्टा गर्नेहरुलाई बेलैमा सच्चिन आग्रह गर्दछौं’ युनियनका सचिव कल्पना तिवारीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?