आयरल्यान्डमाथि न्युजिल्यान्डको जित

हिमालय टाइम्स
Read Time = 2 mins

लन्डन । न्युजिल्यान्डले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा आयरल्यान्डलाई ३१ रनले पराजित गरेको छ । जितका लागि १७४ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १८.२ ओभरमा १४२ रनमा अल आउट भयो ।

आयरल्यान्डका कर्टिस क्याम्फर २१ बलमा २ चौका र १ छक्कासहित २९ रनमा आउट हुनुभयो । मार्क आदिर २५, पउल स्टर्लिङ १३ र हृयारी टेक्टरले ५ थप्नुभयो । न्युजिल्यान्डका लोकी फर्गुसनले ३.२ ओभरमा १४ रन खर्चेर ४ विकेट लिनुभयो । कप्तान मिचेल सान्टनार र जेम्स निशमले दुई/दुई विकेट लिनुभयो ।

त्यसअघि सिभिल सर्भिस क्रिकेट क्लब, बेलफास्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । न्युजिल्यान्डका ग्लेन फिलिप्स ५२ बलमा ७ चौका र १ छक्कासहित ६९ रनमा अविजित रहनुभयो ।

मार्टिन गुप्टिल २४, फिन एलेन १, डर्याल मिचेल ५, निसम २९ र माइकल ब्रेसवेल २१ रनमा आउट हुनुभयो । आयरल्यान्डका जोशुआ लिटिलले ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिनुभयो । मार्क आदिरले २ विकेट लिनुभयो । तीन टी-२० आई खेलको सिरिजमा न्युजिल्यान्डले १-० को अग्रता लिएको छ । दोस्रो खेल बुधबार हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?