अलीलाई सन्दीपको जवाफ

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

काठमाडौं । नेपाली क्रिकेट समर्थकका बारेमा घृणित अभिव्यक्ति लेख्ने अमेरिकी राष्ट्रिय क्रिकेट टोलीका बलर अली खानलाई नेपाली कप्तान सन्दीप लामिछानेले जवाफ फर्काउनुभएको छ । खानले सामाजिक सञ्जाल ट्वीटरमार्फत् नेपाली समर्थक सबैभन्दा खराब रहेको उल्लेख गर्नुभएको थियो । एक पत्रकारको ट्वीटमा आफ्नो भनाइ राख्दै खानले ‘नेपालका समर्थक सबैभन्दा खराब रहेको’ लेख्नुभएको थियो । जवाफ फर्काउँदै नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले नेपालका समर्थक खेलप्रेमी रहेको र एक खेलाडी सहकर्मीबाट यस्तो नकारात्मक टिप्पणी अपेक्षा नगरेको उल्लेख गर्नुभएको छ ।

सन्दीपले लेख्नुभएको छ, ‘मैले आफ्नो क्रिकेटका सहकर्मीबाट यस किसिमको नकारात्मक टिप्पणी अपेक्षा गरेको थिइनँ । नेपालीहरूको नशामा क्रिकेट छ । रगतमा क्रिकेट छ । क्रिकेटको विश्व मानचित्रमा नै नेपाली समर्थकको विशेष स्थान छ । खेलले मान्छेलाई एकत्रित पार्ने हो विभाजित होइन ।’

गत महिनामात्र नेपालले अमेरिका टुरमा रहँदा अली खानले मैदानमा उपस्थित समर्थकलाई लक्षित गर्दै विभिन्न उत्तेजित हाउभाउसमेत देखाउनुभएको थियो । अली खान अमेरिकाका उत्कृष्टमध्येका एक क्रिकेटर मानिनुहुन्छ । उहाँ आइपिएलमा बिक्ने पहिलो अमेरिकी क्रिकेटरसमेत हुनुहुन्छ । पाकिस्तानमा जन्मिनुभएका उहाँले सन् २०१६ मा अमेरिकाबाट डेब्यु गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?