कोलम्बो । श्रीलंकाको राष्ट्रपतिका लागि तीन जनाबीच प्रतिस्पर्धा हुनेभएको छ । कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेले बुधबार हुने मतदानमा विपक्षी समर्थित उम्मेदवार दुल्लास अलाहप्पेरुमा र माक्र्सवादी पार्टीकी नेता अनुरा कुमारा दिसानायकेसँग प्रतिस्पर्धा गर्ने हुनुभएको छ ।
मंगलबार बसेको संसदको संक्षिप्त बैठकले अन्तिम उम्मेदवारको घोषणा गरेको हो । विक्रमासिंघेको नाम संसदमा सत्तारुढ दलका नेता दिनेश गुणवद्र्धनेले प्रस्ताव गर्नुभएको थियो । नेशनल पिपुल्स पावर पार्टीका वामपन्थी नेता दिसानायके तेस्रो उम्मेदवार हुनुहुन्छ । पार्टीको संसदमा तीनजना मात्रै सदस्य रहेकाले उहाँ प्रतिद्वन्द्वी बन्ने सम्भावना कम छ ।
विक्रमासिंघे सत्तारुढ एसएलपिपीका अधिकांश विधायकले उहाँलाई साथ दिएकाले दौडमा अगाडि रहेको विश्लेषकहरूको भनाइ छ । यसअघि विपक्षीले आफ्नो उम्मेदवारको रूपमा समर्थन गरेका र सम्भवतः अग्रपंक्तिमा रहनुभएका सजिथ प्रेमदासा दौडबाट बाहिरिनु हुनेछ ।
प्रेमदासाको दौडबाट पछि हट्ने निर्णयले गोटाबाया राजापाक्षेलाई प्रतिस्थापन गर्ने चुनावलाई प्रतिस्पर्धात्मक बनाएको बताइएको छ । गोटावाया राजापाक्षे नेतृत्वको सरकारविरुद्धको प्रदर्शनका कारण मंगलबारको संसद बैठक कडा सुरक्षाबीच सम्पन्न भएको थियो । तर, आन्दोलनकारीले आगामी राष्ट्रपति चयनका लागि बैठक अवरुद्ध नगर्ने घोषणा गरेका थिए । एजेन्सी ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका