अर्थतन्त्रसँग सम्बन्धित विधेयक पारित गर्न ध्यानाकर्षण

Read Time = 3 mins

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले संसद्मा विचाराधीन अर्थतन्त्रसँग सम्बन्धित विभिन्न विधेयक अघि बढाउन सभामुख अग्नि सापकोटाको ध्यानाकर्षण गराएको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार सभामुख सापकोटासँग भेट गरी अर्थतन्त्रसँग सम्बन्धित विभिन्न ११ वटा विधेयक अघि बढाउन ध्यानाकर्षण गराउनुभएको हो । विचाराधीन अवस्थामा रहेका धेरै विधेयक रोकिँदा निजी क्षेत्रसँग सम्बन्धित कतिपय समस्या सम्बोधन हुन नसकेको अध्यक्ष मल्लले गुनासो गर्नुभएको छ ।

चेम्बरका अनुसार धितोपत्रसम्बन्धी ऐनलाई संशोधन गर्ने सम्बन्धी विधेयक अर्थसमितिमा छलफलका क्रममा रहेको छ भने बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ संशोधनसम्वन्धी ऐन पनि अर्थ समितिमा छलफलकै क्रममा रहेको छ । त्यस्तै बिमासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि अर्थसमितिमा छलफलकै क्रममा रहेको छ । चेम्बर अध्यक्ष मल्लले भन्नुभयो, ‘मुलुकको अर्थतन्त्र चलायन बनाउन एवं संसद् र संसदीय विभिन्न समितिमा रोकिएका अर्थतन्त्र सम्बन्धित सबै विधेयकलाई संघीय निर्वाचनअघि पारित गराउन म सभामुखज्यूलाई आग्रह गर्दछु ।’

साथै उहाँले मुुलुकमा व्यवस्थित ढंगले गाँजाखेती गर्ने वातावरण बनाउनसमेत सभामुखलाई आग्रह गर्नुभयो । गाँजाखेतीको नीतिगत व्यवस्थाका लागि उहाँले सभामुखको ध्यानाकर्षणसमेत गराउनुभयो । गाँजाको व्यवस्थित उत्पादन र निर्यात प्रवद्र्धन गर्न सकिए वर्तमान व्यापारघाटा कम गर्न सकिने उहाँको भनाइ छ । सभामुख सापकोटाले रोकिएका विधेयक अघि बढाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको चेम्बरले जनाएको छ । सभामुख सापकोटाले भन्नुभयो, ‘केही विधेयक अघि बढाउन सम्बन्धित निकायमा भनिसकेको छु, । बजेटसँग सम्बन्धित विधेयक करिब–करिब सकिएको छ । अरू विधेयक पनि अड्काउन हुँदैन भन्नेमा सचेत छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
इन्द्रसरोबरमा सुमो र बोलेरो ठोक्किँदा १४ जना घाइते यु–१६ राष्ट्रिय जिम्न्यास्टिक च्याम्पियनसिप शुरु सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ विश्वकपअघि भिसा विवाद: इरानले अमेरिकामाथि विभेदको आरोप लगायो ईश्वरीको हत्यामा संलग्नलाई कारबाही गर्न पूर्वगृहमन्त्रीको माग ४८ वटा सटर डोजरले भत्काएपछि रहेन सिन्धुलीको स्टल बजार अनलाइनबाट सडकसम्म: ‘कक्रोच जनता पार्टी’को पहिलो प्रदर्शन, दिल्लीमा कडा सुरक्षा प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता