असारमा वाणिज्य बैंकमा एक खर्ब ४० अर्ब निक्षेप

Read Time = 3 mins

काठमाडौं । असार महिनामा वाणिज्य बैंकले एक खर्ब ४० अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । नेपाल बैंकर्स संघका अनुसार २७ वाणिज्य बैंकमध्ये असारमा सबैभन्दा बढी नबिल बैंकले ८७ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

त्यस्तै कुमारी बैंकले १४ अर्ब २७ करोड, सेञ्चुरी बैंकले नौ अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । त्यस्तै कृषि विकास बैंकले छ अर्ब १८ करोड, बैंक अफ काठमान्डुले पाँच अर्ब २६ करोड, सिटिजन्स बैंकले आठ अर्ब ४१ करोड, सिभिल बैंकले तीन अर्ब २४ करोड, एभरेस्ट बैंकले आठ अर्ब ४८ करोड, ग्लोबल आइएमइ बैंकले सात अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

साथै हिमालयन बैंकले दुई अर्ब ४७ करोड, लक्ष्मी बैंकले दुई अर्ब ५० करोड, माच्छापुच्छ«े बैंकले छ अर्ब २० करोड, मेगा बैंकले तीन अर्ब ६४ करोड, नेपाल बैंकले सात अर्ब ७१ करोड, एनसिसी बैंकले आठ अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

त्यसैगरी नेपाल इन्भेस्टमेन्ट बैंकले चार अर्ब चार करोड, एनआइसी एसिया बैंकले एक अर्ब १६ करोड, एनएमबी बैैंकले दुई अर्ब ९६ करोड, नेपाल एसबिआई बैंकले दुई अर्ब ४० करोड, प्रभु बैंकले नौ अर्ब ७७ करोड, प्राइम बैंकले पाँच अर्ब ४५ करोड, राष्ट्रिय वाणिज्य बैैंकले आठ अर्ब ११ करोड, सानिमा बैंकले नौ अर्ब ७४ करोड, सिद्धार्थ बैंकले दुई अर्ब ९३ करोड र सनराइज बैंकले तीन अर्ब ९९ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । गत आवमा वाणिज्य बैैंकले ४५ अर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

वाणिज्य बैंकहरूले गत आर्थिक वर्षमा निक्षेप संकलनभन्दा एक खर्ब १४ अर्ब बढी कर्जा प्रवाह गरेका छन् । तीन खर्ब ४० अर्ब निक्षेप संकलन हुँदा चार खर्ब ५४ अर्ब कर्जा प्रवाह गरेका हुन् । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूको निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ पुगेकोमा असार ३१ गतेसम्म ४१ खर्ब ७५ अर्ब कर्जा प्रवाह गरेका छन् । एक वर्षको अवधिमा वाणिज्य बैंकमा तीन खर्ब ४० अर्ब निक्षेप बढेको छ भने कर्जा चार खर्ब ५४ अर्बले बढेको छे । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा वाणिज्य बैंकमा ४२ खर्ब एक अर्ब निक्षेप रहेकोमा सो अवधिसम्म बैंकहरूले ३७ खर्ब २१ अर्ब कर्जा विस्तार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?