एसवाइ प्यानलको टिकटक प्रतियोगिता

Read Time = 2 mins

काठमाडौं । कोरियन प्रविधिको स्यान्डिवच प्यानल उत्पादन गर्ने कम्पनी एसवाइ प्यानल नेपालले टिकटक प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा सहभागी हुन चाहनेले कम्पनीको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा भिडियो बनाउनुपर्नेछ । जसका लागि साउन ६ गतेदेखि भदौ ६ गतेसम्मको एक महिनाको भिडियो पोस्ट गरिसक्नुपर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक विमलराज गोसाईले उत्कृष्ट प्रतिस्पर्धीले आकर्षक नगद पुरस्कार पाउने बताउनुभयो । पहिलो विजेता एकजनाले डेढ लाख, दोस्रो दुईजनाले प्रतिव्यक्ति एक लाख, तेस्रो तीनजनाले प्रतिव्यक्ति ७५ हजार, चौथो चारजनाले प्रतिव्यक्ति ४० हजार र पाँचौं पाँचजनाले प्रतिव्यक्ति ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने गोसाईले जानकारी गराउनुभयो ।

प्रतियोगिताबाट उत्कृष्ट भिडियो छनोट गरी ३० प्रतिशत लाइकका आधारमा ४० प्रतिशत सिर्जनात्मक र निर्णायकको आधारमा र १०-१० प्रतिशत मोस्ट भ्युज, मोस्ट सेयर, मोस्ट कमेन्टका आधारमा विजयी हुने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?