सिन्धुली । भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोना र जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कर्साङ लामाले भारतीय सहयोगमा सिन्धुलीको कमलामाई नगरपालिका-६ स्थित सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युटको निर्मित शैक्षिक भवन संयुक्तरूपमा उद्घाटन गर्नुभएको छ ।
भारत-नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत चार करोड ४१ लाख रुपैयाँ लागतमा सामुदायिक विकास परियोजनाका रूपमा भवन निर्माण भएको हो । परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सवअन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनामध्येको एक भएको दूतावासले जनाएको छ ।
सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युटको स्थापना सन् २०१४ मा भएको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को साझेदार संस्थाका रूपमा रहेको संस्थाले जिल्ला समन्वय समिति तथा कमलामाई नगरपालिकासँगको संयुक्त सहकार्यमा स्नातक तहमा सिभिल इन्जिनियरिङ र कृषि (पशु विज्ञान) शिक्षाको पठनपाठन सञ्चालन गर्दै आएको छ । साथै इन्स्टिच्युटले काठमाडौ विश्वविद्यालयसँग सम्बद्ध रही स्नातक तहमा प्राविधिक शिक्षा सिभिल इन्जिनियरिङ तथा सूचना प्रविधिका कक्षा पनि सञ्चालन गर्दै आएको छ । इन्स्टिच्युटमा दुई सय ९२ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्, जसमध्ये ३० प्रतिशत छात्रा रहेका छन् ।
दूतावासका अनुसार सन् २००३ यता भारतले नेपालमा पाँच सय २७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातवटै प्रदेशमा चार सय ७० परियोजना सम्पन्न भइसकेका छन् । तीमध्ये सिन्धुलीमा चारसमेत गरी बागमती प्रदेशमा एक सय तीन रहेका छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका