काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआइ) ले औद्योगिक अवस्थिति प्रतिवेदनको चौथो अंक सार्वजनिक गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उक्त प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । प्रतिवेदनमा गत आर्थिक वर्ष २०७८/०७९ को तेस्रो त्रैमासिक अवधिमा उत्पादनमूलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्था समेटिएको छ । प्रतिवेदनअनुसार दोस्रो त्रैमासको तुलनामा व्यवसायको उत्पादन क्षमता उपयोग खस्किएको छ । समीक्षा अवधिमा उद्योगले कुल उत्पादन क्षमताको ६६.८१ प्रतिशत उपयोग गरेको देखिएको छ । दोस्रो त्रैमासमा क्षमता उपयोग ७१ प्रतिशत थियो ।
माघ, फागुन र चैत अवधिमा उत्पादनमूलक उद्योगले औसतमा १०.९६ प्रतिशत (गत वर्षको सोही अवधिमा ९.४ प्रतिशत थियो) र सेवा क्षेत्रका उद्योगले औसतमा १०.९२ प्रतिशत व्याज तिरेको पाइएको छ । उत्पादनमूलक उद्योगले चालु पुँजीको ३१ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको अध्ययनले देखाएको छ । अघिल्लो त्रौमासमा चालु पुँजी ३४.४ प्रतिशत ऋण लिएका थिए । अध्ययनमा सहभागीमध्ये ८२.५ प्रतिशत उद्योगीले नयाँ लगानीका लागि तयार रहेको बताएका छन् ।
चालु आव २०७८/०८९ को दोस्रो त्रैमासको तुलनामा चालु त्रैमासमा उद्योगको आय वृद्धिदर १२.८२ प्रतिशत रहेको छ । दोस्रो त्रैमासमा उद्योगको आय वृद्धिदर २७.१ प्रतिशत थियो । प्रतिवेदन चालु आवको मौद्रिक नीतिलाई केन्द्रित गरेर तयार गरिएको सिएनआइले जनाएको छ ।
प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री बडूले नियमित औद्योगिक प्रतिवेदनले नेपालको औद्योगिक वातावरणको चित्रण गर्न सहयोग पुग्ने बताउनुभयो । उद्योगमा प्रयोग हुने जेनेरेटरले खपत गर्ने तेलको परिणाम प्रष्ट्याउने र हाल उद्योगमा रहेका कोइलाबाट चल्ने बोइलर विद्युत्बाट प्रतिस्थापन गर्न लाग्ने लागतको सन्दर्भमा समेत अनुसन्धान आवश्यक रहेको उहाँको भनाइ छ ।
सिएनआइका अध्यक्ष विष्णुकुमार अग्रवालले बजार मागमा उल्लेख्य गिरावट आएकाले उद्योगको आयमा ह्रास ल्याएको भन्दै संवेदनशील हुनुपर्ने बताउनुभयो । उहाँले निजी क्षेत्रबाट नेपालमै पहिलोपटक सिएनआइले सर्वेक्षण गरेर औद्योगिक प्रतिवेदन सार्वजनिक गर्ने गरेको बताउनुभयो । सिएनआइअन्तर्गतको रिसर्च सेलले उद्योगसँगको सर्वेक्षणका आधारमा प्रतिवेदन तयार पारेको हो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका