गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण

हिमालय टाइम्स
Read Time = 1 min

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण पुष्टी भएको छ । सचिवालय श्रोतका अनुसार उनलाई मंगलबार पीसीआर परीक्षण गरेकोमा कोरोना पुष्टी भएको हो ।

पोखरेल आइतबारदेखि नै अस्वस्थ हुनुहुथ्यो । रुघा र ज्वरोसमेत आएपछि उहाँको पिसीआर परीक्षण गराइएको हो । उहाँले सोमबार चिकित्सकसँग परामर्श लिनुभएको थियो ।

उहाँलाई अहिले पनि ज्वरो आइरहेको छ । अक्सिजनको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । उहाँ सरकारी निवासमै आराम गरिरहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?