लन्डन । बेलायतमा पहिलो पटक ४० डिग्री सेल्सियस भन्दा बढी तापक्रम रेकर्ड गरिएको छ । लिंकनशायरको कोनिङ्स्बीमा ४० दशमलब ३ डिग्री सेल्सिय पुगेको छ भने अन्य ३३ स्थानमा बेलायतको यसअघिको उच्चतम तापक्रम ३८ दशमलब ७ डिग्री सेल्सियसलाई पार गरेको छ ।
गर्मी बढेसँगै आगलागीका घटना बढेका छन् । पूर्वी लन्डनको वेनिङटनमा ठूलो आगलागी हुँदा घरहरू जलेर नष्ट भएका छन् ।
अत्यधिक तातोका कारण केही रेलवेले आफ्नो सेवा स्थगित गरेका छन् । सयौँ अग्निनियन्त्रकहरुले लन्डन र वेनिंगटनमा घाँसमा लागेको आगो निभाएका छन् ।
यसअघि अत्यधिक तापपछि विभिन्न हवाइसेवाले आफ्ना उडान स्थगित भएका थिए । अधिक तापले धावनमार्गको अलकत्र पग्लिएपछि उडान स्थगित भएका थिए । तापक्रम बढेपछि अधिकांश विद्यालय बन्द भएका छन् । एजेन्सी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच