Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

नेपालगञ्जका सडक जलमग्न

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

प्रतिकात्मक तस्बिर

नेपालगञ्ज । बाँकेमा आज बिहान परेको वर्षाका कारण नेपालगञ्जका सडक जलमग्न भएका छन् । उपमहानगरपालिकाको भित्री बजार सुते विक चोक, विपी चोक, रामलिला मैदान लगायतका ठाउँमा रहेका सडक जलमग्न भएकाले आवतजावत गर्न कठीनाइ भएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले बजारका केही स्थान जलमग्न भएको जानकारी दिनुभयो । नेपालगञ्जमा ८६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

केही साताअघि नेपालगञ्ज उपमहानगरपालिकाले ढलमा पानी जमेर बजार जलमग्न हुने भन्दै ढल सफाइ गरेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?