गठबन्धनको भरमा बस्दा पार्टी कमजोर भयाेः माधव कुमार नेपाल

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गत स्थानीय निर्वाचनमा गठबन्धनको भरमा बस्दा आफ्नाे पार्टी कमजोर भएको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित पार्टीका निर्वाचित जनप्रतिनिधिहरुको लागि दिइएको अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धनको कुनै भरोसा नभएको बताउनु भएकाे हाे । ‘गठबन्धनको भर परेपछि अरुको सहारामा बाच्नुपरेको उहाँको स्वीकारोक्ति थियो ।

अरुको भरमा बाँच्ने मान्छेले केही गर्न नसक्ने उहाँकाे भनाई थियाे । उहाँले आफ्नै शक्तिमा भरोसा गर्ने र आफ्नै तागतमा जित्छु भन्ने भरोसा भएकाहरुले मात्र पार्टीको विश्वास जित्न सक्ने बताउनुभयो ।

अध्यक्ष नेपालले ‘आफ्नै खुट्टामा उभिन सकेको भए पार्टी थप बलियो हुनसक्ने बताउनुभयो । नेपालले भन्नुभयो, ‘कतिपयले धोका दिए, सहमति कायम भएन । पार्टीभित्रै पनि अन्तर्घात भयो ।’

गठबन्धनको अभ्यासक्रममा धेरै कमजोरी पार्टीबाट भएको पनि उहाँले स्वीकार गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?