आफ्नो पालिकाको समस्या नोट गर्न कार्यकर्तालाई माधव नेपालको निर्देशन

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आफ्नो पालिकामा भएका समस्या नोट गरेर समाधानको बाटोमा लाग्न निर्देशन दिनुभएको छ ।

काठमाडौंमा बुधबार केन्द्रीय पार्टी स्कूल विभागले गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफ्नो पालिकामा भएका समस्यालाई नोट गरेर प्राथमिकताका आधारमा समस्या समाधान गर्न निर्देशन दिनुभएको हो ।

शिक्षा, स्वास्थ्य, खानेपानीदेखि पौष्टिक आहारको व्यवस्थालाई ध्यान दिन निर्देशन दिँदै उहाँले सिँचाइललगायतका भौतिक पूर्वाधारका क्षेत्रमा काम गर्न निर्देशन दिनुभयो ।

केन्द्र सरकारसँँग पहुँच बढाउन पनि आग्रह गर्दै अध्यक्ष नेपालले आफ्नो पालिकाको विकास र समृद्धिका लागि योजनावद्ध ढंगले अघि बढ्न निर्देशन दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?