श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित

हिमालय टाइम्स
Read Time = 1 min

कोलम्बो । श्रीलंकाका कार्यबहाक राष्ट्रपति रनिल विक्रमासिंघे राष्ट्रपतिमा निर्वाचित भएका छन् । नवनिर्वाचित राष्ट्रपति विक्रमासिंघे सन् २०२४ सम्म पदमा रहनेछन् । राष्ट्रपतिका लागि तीन जना उम्मेदवार प्रतिष्पर्धामा थिए ।

२२५ सदस्यीय सदनमा ६ पटक प्रधानमन्त्री बनेका ७३ वर्षीय विक्रमासिंघेले १३४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी तथा असन्तुष्ट सत्तारुढ दलका नेता दुल्लास अलाहपेरुमाले ८२ मत पाए ।

वामपन्थी जनता विमुक्ति पेरामुना (जेभीपी)का नेता अनुरा कुमारा दिसानायकेले जम्मा तीन मत पाएका थिए । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?