बर्दियामा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

बर्दिया । बर्दियाको गेरुवा गाउँपालिका–६ नौरंगामा हिजो साँझ माईक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दियाकै राजापुर नगरपालिका–१ का ३२ वर्षीय बसन्त थारु रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा नर्सिङ होम नेपालगञ्जमा मृत्यु भएको हो ।

नेपालगञ्जबाट गोलातर्फ आउँदै गरेको भे १ ख ३३६४ नम्बरको माईक्रो बसले पैदल हिडिरहेका थारुलाई हिजो साँझ सवा ६ बजे ठक्कर दिएको हो ।

बस सहित चालकलाई इलाका प्रहरी कार्यालय पाताभारले नियन्त्रणमा लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?