स्वार्थले बनेको गठबन्धन समयक्रममा आफैं टुट्छ : अध्यक्ष ओली

Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले धेरै हतार गरेर अहिलेको पाँचदलीय गठबन्धन नतोड्ने बताउनु भएको छ । अध्यक्ष ओलीले स्वार्थी एकता भएकाले यस्तो गठबन्धन एक दिन आफैं तोडिने दाबी गर्नुभयो ।

‘सबैले भन्छन्, यो गठबन्धन तोडौं । तर मैले भने होइन, यो गठबन्धन आफैं टुट्छ । किनभने यो स्वार्थका लागि बनेको गठबन्धन हो । यो समयक्रममा आफैं टुट्छ,’ उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले कोही वामपन्थी छन् भने एमाले एकताका लागि खुला रहेको पनि बताउनु भयो । ‘तर, आफ्नै पार्टीका साथीहरू अर्को पार्टीका उम्मेदवारलाई भोट हाल्न दौडिरहेका बेला अर्को पार्टीसँग एकता के गर्नु ?’ उहाँले भन्नुभयो । अध्यक्ष ओलीले कांग्रेसको पुच्छर बनेकाहरू कम्युनिस्ट पार्टी नभएको फेरि पनि दोहोर्‍याउनु भयो । केही समयअघि उहाँले माओवादी केन्द्र र एकीकृत समाजवादी वामपन्थी नभएको आरोप पनि लगाउनु भएको थियो ।

उहाँले स्वार्थका लागि गरिएको गुटबन्दीले आफ्नो स्वार्थ पूरा नभए पार्टी फोडेर जाने बताउनु भयो। उहाँले पार्टीमा गुटबन्दी अब सैह्य नहुने पनि चेतावनी दिनुभयो । गुटबन्दी नगर्न नेता कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?