आफ्नो महत्वपूर्ण सदस्य खोज्नुको साटो एमाले सीसी क्यामरा खोज्दै हिडेको छ : सांसद महत

Read Time = 3 mins

काठमाडौं । सांसद गजेन्द्र बहादुर महतले नेकपा एमालेको अर्थ तथा योजना केन्द्रीय विभागको सदस्य एम अधिकारीको खोजी गर्न सम्पूर्ण अधिकारीहरुलाई अनुरोध गर्नुभएको छ ।

बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बौल्दै उहाँले सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एम अधिकारीको खोजी नगरेका कारण अधिकारी थर भएकाहरुले नै उनको खोजी गर्नुपर्ने बताउनु भएको हो ।

‘हाम्रो गाउँघरतिर कुखराको चल्ला हराए पनि खोजी हुन्छ, यहाँ सबैभन्दा ठूलो पार्टीको महत्वपूर्ण विभागको केन्द्रीय सदस्य हराउनु भएको छ । उहाँको खोजी अहिले न सरकार गर्छ, न प्रतिपक्षी गर्छ । मैले अनौठो मानिरहेको छु,’ उहाँले भन्नुभयो ।

सरकार एम अधिकारीको खोजी गर्ने जिम्मा विद्यार्थीलाई दिएको उहाँले बताउनु भयो। प्रतिपक्षी दल एमाले भने आफ्नो महत्वपूर्ण सदस्य खोज्नुको साटो सीसी क्यामरा खोज्दै हिडेको आरोप उहाँले थियो ।

‘यहाँ कस्तो विडम्बना छ भने सीसी क्यामरा खोज्ने समिति बनेको छ, तर महत्वपूर्ण मान्छे खोज्न समिति बनेको छैन । अब यो कसले खोजीदिने रु,’ उहाँले प्रश्न गर्नुभयो ।

सरकार र प्रतिपक्षी दलले बेवास्ता गरेका कारण अब एम अधिकारीको खोजीमा अधिकारी थर भएको सबै लाग्नु पर्ने उहाँले बताउनु भयो ।

‘हाम्रो गाउँघरमा महत थरको मान्छे हरायो भने त्यो अरुको जिम्मा हुँदैन, महत थरकै मान्छेहरु खोज्छन् । हरायो भने अपुताली खाने जिम्मा पनि महतहरुकै हुन्छ, खोज्न काम पनि उनीहरुकै हुन्छ । यहाँ एम अधिकारी हराएको हुँदा, सरकार प्रतिपक्षले नखोजे पनि अधिकारीहरुले खोज्न पर्यो । अरु कसलाई भनु म, अब यो खोज्ने जिम्मा अधिकारी थर भएकालाई दिनुपर्यो,’ उहाँले भन्नुभयो।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?