क्रिकेट टिमका प्रशिक्षक पुबुदुको राजीनामा

Read Time = 1 min

काठमाडौं । खुला छनोटबाट नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दोस्रो पटक प्रशिक्षण दिन नेपाल आएका प्रशिक्षक पुबुदु दासानायकेले एक वर्ष नबित्दै मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै पुबुदुले आईसीसी विश्वकप लिग-२ मा बिर्सनलायक प्रदर्शन निस्किएपछि व्यक्तिगत कारण देखाउँदै नेपाल क्रिकेट संघ (क्यान) लाई राजीनमा बुझाएका हुन् । ’राजीनामा दिँदा दुखित् छु । व्यक्तिगत कारण यो निर्णय गरेको हो’, पुबुदुले भनेका छन् ।

गत मंसिरमा खुला छनोटबाट क्यानले पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । यसअघि पुबुदु सन् २०११ देखि २०१५ सम्म मुख्य प्रशिक्षकको रुपमा नेपालमा काम गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?