म्याथ्थिज डि लेग्ट म्युनिखमा अनुबन्ध

हिमालय टाइम्स
Read Time = 1 min

म्युनिख । इटालियन क्लब युभेन्ट्सका डिफेन्डर म्याथ्थिज डि लेग्ट जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्धित हुनुभएको छ । बायर्नले २२ वर्षीय युवा डिफेन्डर म्याथ्थिज डि लेग्टलाई पाँच वर्षका लागि क्लबमा अनुबन्ध गरेको हो ।

बायर्नले डिफेन्डर डि लेग्टका लागि ७७ मिलियन युरो खर्चिएको हो । अब उहाँ २०२७ सम्म एलिएन्ज एरिनामा रहनुहुनेछ । डि लेग्ट सन् २०१९ मा डच क्लब आयाक्सबाट पाँच वर्षका लागि युभेन्ट्समा अनुबन्धित हुनुभएको थियो ।

उहाँले युभेन्ट्समा तीन सिजन बिताउँदै अन्यत्र क्लब रोज्नुभएको थियो । डि लेग्टले युभेन्ट्सबाट ११७ खेल खेल्दा एकपटक सिरी ‘ए’ र एकपटक कोपा इटालियाको उपाधि जित्नुभएको छ । बायर्नले लिभरपुलबाट फरवार्ड साडियो माने र आयाक्सबाट राइट ब्याक नोसाइर माजराउइलाई पनि अनुबन्ध गरिसकेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?