चिया सागर, जहाँ पाईन्छ ५५ प्रकारका चिया

Read Time = 2 mins

काठमाडौं । नयाँबानेश्वरस्थित के एण्ड के कलेजको ठीक अगाडि ६० लाख रुपैयाँको लगानीमा चिया सागर खुलेको छ । यसै असार ३१ बाट सञ्चालनमा आएको चिया सागरले ५५ प्रकारका चिया उपलब्ध गराउँछ । विशेषगरी चिया सागरको मेनुमा मट्का, मसाला, आइस टी, घरको चिया, हर्बल टी, ग्रीन टी, फ्रुट् टी उपलब्ध छन् ।

अन्य क्याफे र रेस्टुराँभन्दा चिया सागरको मेनु फरक छ । ‘महत्वपूर्ण मसालायुक्त, ए वन ग्रेडको मसाला मिसँएर आफ्नै रेसिपी तयार पारेका छौं ।’ सञ्चालक मध्येका एक केशव शर्माले बताउनुभयो, ‘हामीले उपभोक्ताहरूलाई फरक स्वाद चखाउँछौं ।’ चियाका पारखीहरूलाई फरक–फरक स्वाद चखाउने उद्देश्यले खोलिएको चिया सागरमा ५० देखि १ सय ६० रुपैयाँका आइटम उपलब्ध छन् । सिंगो पट् अर्डर गर्नुपरेमा २ सयदेखि ३ सय ५० रुपैयाँ मूल्य तोकिएको छ । चिया, कफीबाहेक बेकरी र स्यान्ड्बिच पनि मेनुमा उपलब्ध छन् ।

चिया सागरमा १ सय ५० देखि २ सय मानिसहरू एकै पटक बस्न मिल्ने क्षमता छ । दुईवटा बेग्लाबेग्लै साना रूम छन्, जसमा १५ देखि २० जना अटाउन मिल्ने क्षमता छ । ‘विभिन्न कार्यक्रम आयोजना गर्न र भेटघाटका लागि चिया सागर उपयुक्त छ ।’ सञ्चालक शर्माले बताउनुभयो । यस्तै चियासँग सम्बिन्धित उत्पादन आयात-निर्यात गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

चिया सागर प्रालिले राजधानीमा छिट्टै पाँचवटा र उपत्यकाबाहिर दुई ठाउँमा ब्राञ्च विस्तार गर्ने तयारी गरिरहेको छ । कम्पनीअन्तर्गत केशव शर्मा, नवीन शर्मा र प्रकाश पौडेल तीनजना सञ्चालक रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?