‘माइकल अधिकारी’ को ट्रेलर सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । आगामी भदौ ३ गतेलाई प्रदर्शन मिति तोकेको नयाँ नेपाली चलचित्र ‘माइकल अधिकारी’ को ट्रेलर सार्वजनिक गरिएको छ । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको यो चलचित्रको सार्वजनिक ट्रेलरमा पैसाको प्रलोभनमा परी ‘सरोगेसी’ अर्थात् कोख भाडा दिएर बच्चा जन्माउने दम्पतीको कथा देखाइएको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । गोपीकृष्ण मुभिजको व्यानरमा निरक पौडेलले निर्माण गरेको चलचित्रलाई रञ्जित रौनियारले निर्देशन गर्नुभएको हो । निर्देशक रौनियारको कथा रहेको चलचित्रमा पटकथा तथा संवाद शैलेश कँडेलको छ ।

चलचित्रमा सौगात र सृष्टिसँगै अशान्त शर्मा, लुनिभा तुलाधर, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, जेमिमा टम्स, दिलिप बोहरा, केन्द्र भट्टराई, आर्या पौडेल, केभिन परियारलगायत कलाकारको अभिनय छ । उद्धव पौडेलको प्रस्तुतिमा निर्माण भएको चलचित्रको सम्पूर्ण छायांकन इलाम र झापामा गरिएको छ । यो चलचित्रलाई मित्र डी गुरुङले सम्पादन गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?