सुनिल ग्रोवर पुनः गुलाटीको चरित्रमा देखिँदै

Read Time = 1 min

मुम्बई । चर्चित रियालटी शो ‘द कपिल शर्मा’ शोमा डा.मशहुर गुलाटीको चरित्रबाट चर्चित सुनिल ग्रोवर पुनः गुलाटीको चरित्रमा पुनरागमन गर्ने हुनुभएको छ । सोनी टिभीले हालै सार्वजनिक गरेको कमेडी शो ‘इण्डियाज लाफ्टर च्याम्पियन’ को प्रोमोमा सुनिलको डा.मशहुर गुलाटीको रूपमा प्रस्तुति पनि देख्न सकिन्छ । प्रोमोमा उहाँ डा.मशहुर गुलाटीको रूपमा स्टेजमा प्रवेश गर्नुभएको छ ।

अर्चना पुरन सिंह र शेखर सुमन निर्णायक रहेको शोमा सुनिल अर्चना पूरन सिंहसँग फ्लट गरिरहेको समेत देखाइएको छ । दर्शक सुनिल ग्रोवरको यो चरित्र फेरि हेर्न उत्साहित छन् । सुनिलले २०१६ मा कपिल शर्मासँगको झगडापछि ‘द कपिल शर्मा’ शो छोड्नु भएको थियो ।

यसपछि सुनील ग्रोवरले फिल्म, वेब सिरिज र अन्य प्रोजेक्टमा मात्र ध्यान दिनुभएको थियो । अब भने उहाँ फेरि पुरानै चरित्रमा देखिने हुनुभएको हो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?