एयरपोर्टबाटै दुई सय अमेरिकी डलर सटही सुविधा

Read Time = 2 mins

काठमाडौं । विदेश भ्रमणमा जाने नेपालीहरूले अन्तर्राष्ट्रिय उडान गर्ने एयरपोर्टका मनि चेञ्जरबाट दुई सय अमेरिकी डलर सटही सुविधा लिन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले मनि चेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ लाई संशोधन गर्दै मनि चेञ्जरबाट पनि दुई सयसम्मको अमेरिकी डलर सटही सेवा दिन सक्ने व्यवस्था गरेको हो । तर, त्यस्तो सेवा दिने मनि चेञ्जरले अन्यले भन्दा थप दुई लाख रुपैयाँ बढी धरौटी राख्नुपर्नेछ ।

नेपाल राष्ट्र बैंक मनि चेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम ९ को उपविनियम ४ को खण्ड ३ को व्यवस्थाबमोजिम परिवत्र्य विदेशी मुद्रा बिक्री गर्ने इजाजतप्राप्त मनि चेञ्जरले विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई तोकिएअनुसार मात्रै डलर सटही सुविधा दिन भनिएको छ ।

केन्द्रीय बैंकका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई यस खालको एकीकृत परिपत्र जारी गरिएको हो । केही समयअघि राहदानीबापतको सटही सुविधा एयरपोर्ट तथा बाहिरका मनि चेञ्जरले पनि दिने गरेकोमा पछिल्लो समय रोकिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?