मुक्तिनाथलाई ‘द बिज अवार्ड २०२२’

Read Time = 1 min

काठमाडौं । मुक्तिनाथ विकास बैंक वल्र्ड कन्फेडेरेसन अफ बिजनेसको सबैभन्दा महत्वपूर्ण बिजनेस एक्सिलेन्स अवार्ड इन द वल्र्ड ‘द बिज अवार्ड २०२२’ बाट सम्मानित भएको छ । विभिन्न छ विधा अर्थात् व्यापारमा उत्कृष्टता, व्यापारमा अब्बल नेतृत्व, सेवाको गुणस्तर, सेवामा सिर्जनात्मक अभ्यास आदिमा मूल्यांकन गरी उक्त संगठनले ‘द बिज अवार्ड २०२२’ बाट मुक्तिनाथ विकास बैंकलाई सम्मानित गरेको हो ।

उक्त संस्थाले मुक्तिनाथ विकास बैंकलाई सोही क्रममा ‘बिजनेस एक्सिलेन्स सर्टिफिकेट’ र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेललाई पनि ‘बिजनेस एक्सिलेन्स सर्टिफिकेटबाट सम्मानित गरेको हो । बैंकले यसअघि युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२०, ग्लोबल एसएमई अवार्ड २०२१ प्राप्त गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?