१२ औँ कृति अवार्ड भदौ २६ गते

Read Time = 3 mins

काठमाडौं । नेपाल विज्ञापन संघ (आन) ले २०६० सालदेखि सुरु गरेको नेपालको विज्ञापन सिर्जनशीलतालाई सम्मान गर्ने कृति अवार्डको १२औँ संस्करण यस वर्ष गोल्डेन ओक १२ औँ कृति अवार्ड भदौ २६ गते आयोजना गर्ने भएको छ । यस वर्षको कार्यक्रमको टाइटल स्पोन्सर हिमालयन डिस्टिलरीको गोल्डेन ओक ब्रान्ड रहेको छ । बुधबार राजधानीमा आयोजित समारोहबीच आनका अध्यक्ष सोमप्रसाद धिताल र जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशीन जोशीले सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । कृति अवार्ड विज्ञापन क्षेत्रलगायत सम्पूर्ण मिडिया र विज्ञापनदाताको सामूहिक उत्सवका रूपमा आयोजना गर्नेे गरिएको छ ।

कार्यक्रममा जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका ग्रुप कार्यकारी निर्देशक जोशीले मुलुककै समग्र सञ्चार क्षेत्रको समसामयिक व्यावसायिक परिस्थिति झल्काउने प्रतिष्ठित कार्यक्रममा आप्mनो समूहलाई सहभागी गराउन पाएकोमा खुसी लागेको बताउनुभयो । आनका अध्यक्ष धितालले प्रमुख प्रायोजक हिमालयन डिस्टिलरी र गोल्डेन ओक ब्रान्डलाई कार्यक्रम प्रायोजनका लागि धन्यवाद दिँदै भविष्यमा पनि सहकार्यले निरन्तरता पाइरहने विश्वास व्यक्त गर्नुभयो । गोल्डेन ओक १२औँ कृति अवार्डमा २०७६ वैशाख १ देखि २०७८ चैतसम्म भए गरिएका विज्ञापन तथा प्रवद्र्धनात्मक रचना तथा कार्र्य समावेश गरिने आनले जनाएको छ । सदस्य एजेन्सीले भदौ ४ गतेसम्म मनोनयन दर्ता गर्न सक्ने बताइएको छ ।

गोल्डेन ओक १२औँ कृति अवार्डमा विज्ञापन सिर्जनशीलता सम्बद्ध मेन स्ट्रिम, टेक्निकल र क्याम्पियन क्याटेगोरीमा गरी विभिन्न ३१ विधामा पुरस्कृत गरिने बताइएको छ । मनोनयनहरू छनोट तथा मूल्यांकनका लागि सूचना, सञ्चार, विज्ञापन र मार्केटिङ क्षेत्रका विज्ञ प्राडा विजय केसी, प्राडा भोजराज अर्याल र सुजन राजा श्रेष्ठ सम्मिलित तीन सदस्यीय प्रमुख निर्णायक मण्डल गठन गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?