भीरबाट लडेर एक जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

स्याङ्जा । स्याङ्जाको भिरकोट नगरपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

बुधबार साँझ ७ बजेको समयमा भीरकोट नगरपालिका-३ रिजुका ४५ वर्षीय श्यामबहादुर रोकालाई सोही ठाउँका ५० वर्षीय यमबहादुर रोकाले धकेल्दा श्यामबहादुर रोकाको मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ ।

धकेलेर खसेपछि घाइते हुनुभएका श्यामबहादुर रोकालाई उपचारका लागि कालिका सामुदायिक अस्पताल हेलुमा लगिएकोमा केही समयपछि डाक्टरले मृत घोषणा गरेका थिए ।

धकेल्ने व्यक्ति यमबहादुर रोकालाई प्रहरीले घरबाटै पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?