श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेलाई सिंगापुरले १४ दिने भ्रमण पास दिने

हिमालय टाइम्स
Read Time = 1 min

सिंगापुर । सिंगापुरले श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेलाई १४ दिने भ्रमण पास प्रदान गरेको जनाएको छ ।

जुलाई १४ मा ‘निजी भ्रमण’मा देश प्रवेश गरेपछि छोटो अवधिको भ्रमण पास प्रदान गरेको सिंगापुरका अध्यागमन अधिकारीहरूले जनाएका छन् । ७३ वर्षीय राजापाक्षे १३ जुलाईमा श्रीलंकाबाट माल्दिभ्स र त्यसपछि सिंगापुर भागेका थिए ।

आर्थिक संकट निम्त्याएको आरोप लगाउँदै सरकारविरुद्ध जनआन्दोलन चर्किएपछि उनले राजीनामा दिएका थिए ।

राजापाक्षको सिंगापुर भ्रमणको बारेमा जारी गरिएको विज्ञप्तिमा उनलाई आगमनमा छोटो अवधिको भ्रमण पास (एसटीवीपी) प्रदान गरिएको जनाइएको छ ।

सिंगापुरमा पुगेपछि राजापाक्षेलाई १४ दिने भिजिट पास प्रदान गरेको दी स्ट्रेस टाइम्स पत्रिकाले जनाएको छ । राजापाक्षेले शरण नमागेको र उनलाई शरण नदिइएको विदेश मन्त्रालयका प्रवक्ताले जनाएका छन् । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?