रुपन्देहीमा पाँच वर्षीया बालिका बलात्कृत

हिमालय टाइम्स
Read Time = 1 min

रूपन्देही । रुपन्देहीमा पाँच वर्षीय बालिका बलात्कृत भएकी छन् ।

ती पाँच वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका-२ सरौली संगमचोक बस्ने ४९ वर्षीय खेम प्रसाद भुसाललाई गएराति पक्राउ गरेको छ ।

भुसालले ती बालिकालाई आफ्नै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?