अवैध लागूऔषधसहित चार जना पक्राउ

प्रतिकात्मक तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सर्लाही, धादिङ र मोरङबाट अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले फक्राउ गरेको छ ।

सर्लाहीको हरिपुर नगरपालिका-९ दनुवारीबाट नियन्त्रित लागूऔषध ४ सय ९५ एम्पुल डाइजेपाम, ५ सय एम्पुल फेनारगन, १ सय ४४ एम्पुल स्पास्मोप्रोक्सभन र ५ सय एम्पुल लेबल तथा नाम नखुलेको लागूऔषधसहित दुई जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका-३ बस्ने ३५ वर्षीय दिपक खत्री र काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-४ बस्ने २६ वर्षीय बिजय लामा रहेका छन् ।

ना.२० प ९३७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनीहरूलाई खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी मोटरसाइकल चालक दिपक र मोटरसाइकलमा सवार बिजयलाई पक्राउ गरेको हो ।

यस्तै धादिङको गजुरी गाउँपालिका-२ चालिसेबाट करिब ५ किलो गाँजा सहित कास्की रुपा गाउँपालिका-१ फस्ल्याङकोट बस्ने २६ वर्षीय कृष्ण श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी मोरङको पथरीशनिश्चरे नगरपालिका-४ सोमबारे चोकबाट करिब २ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर, ९७ चक्की स्पसपेन र ९० चक्की प्रमोलसहित सोही ठाउँ बस्ने २१ वर्षीय अमृत लिम्बुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित उनलाई पक्राउ गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?