पहिरोका कारण दुई सडक अवरुद्ध

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौंको तारकेश्रर नगरपालिका-३ पाँचमानेस्थित सडकको भित्तामाथि रहेको ठुलोढुङ्गा गएराति बाटोमा खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

यस्तै लमजुङको बेशीशहर नगरपालिका-१ उदिपुरस्थित सडकमा बिहीबार बिहान पहिरो झर्दा डुम्रे-बेसिशहर सडक पूर्णरुपमा अवरुद्ध भएको छ । यो सडकमा दैनिकजसो पहिरो र लेदो आएर बाटो बगाउदा आवत जावत गर्ने सर्वसाधारणहरु मर्कामा पर्ने गरेका छन् ।

अस्थाई प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?