मूल्यवृद्धिको कुरा गर्दा सत्तारुढ दलका कार्यकर्ताले ट्रोल बनाए : प्रदीप ज्ञवाली

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एमाले सांसद प्रदीप ज्ञवालीले आफूले मूल्यवृद्धिविरुद्ध कुरा उठाउँदा आफूलाई ट्रोल बनाइएको बताउनु भएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकमा उहाँले आफूले मूल्यवृद्धिको कुरा उठाउँदा अमेरिकामा खाना खाएको फोटोलाई ट्रोल बनाइएको बताउनु भयो ।
‘मूल्यवृद्धिको कुरा गर्दा सत्तारुढ दलका कार्यकर्ताले ट्रोल बनाए,’ उहाँले भन्नुभयो, ‘यसले उहाँको भान्सा सस्तो हुन्छ भने मेरो शुभकामना ।’

खाद्यान्न, तरकारीमा ४० प्रतिशत मूल्यवृद्धि भएको र मुद्रास्फिति ९ प्रतिशत रहँदा सर्वसाधारण मर्कामा परेको भन्दै उहाँले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारबाट कुनै काम नै नभएको बताउनु भयाे ।

उहाँले मूल्यवृद्धि नियन्त्रणका लागि रुलिङ गर्न सभामुखसँग माग गर्दै भारतीय आयल निगमबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा पनि सरकारले मूल्य नघटाएको बताउनु भयो ।

सरकारले व्यापारी र व्यवसायीलाई कर छुटसहितको लाभ उपलब्ध गराउँदा बस्तुको मूल्य नघटेको भन्दै उहाँले उपभोक्ताको अधिकारमाथि आक्रमण भएको बताउनु यभो। कृत्रिम अभाव, महंगी नियन्त्रण र बजार अनुगमन गर्न माग गर्दै उहाँले अविलम्ब श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न माग गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?