पूर्वअर्थमन्त्री शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिको म्याद थपियो

Read Time = 2 mins

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानवीन गर्न गठित संसदीय छानवीन विशेष समितिको कार्यावधि थप गरिएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकले सो समितिको कार्यावधि ७ दिन थप गर्न सहमती दिएको हो । समितिबाट आएको म्याद थपबारे बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले सहमती दिन प्रस्ताव गर्नु भएको थियो । त्यसलाई बैठकले स्वीकार गरेको हो ।

सभामुख सापकोटाले भन्नु भयो, ‘प्रतिनिधिसभा नियमावली २०७५ को नियम १७७ बमोजिम मिति २०७९ साल असार २२ गते गठित संसदीय छानवीन विशेष समितिले आधार र प्रमाणसहित निष्कर्षमा पुगी प्रतिवेदन पेश गर्न आवश्यक समय थप गर्न लेखि आएकोले उक्त समितिको कार्यावधि ७ दिनका लागि थप गर्न प्रस्ताव प्रस्तुत गर्दछु । उक्ता कार्यावधि थप सम्बन्धि प्रस्तावलाई सहमती जनाईदिन हुन अनुरोध गर्दछ । उक्त कार्यावधि थप सम्बन्धि प्रस्तावलाई सभाले सहमती जनाएको घोषणा गर्दछु ।’

आगामी आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराइएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले छानवीनको माग गरेपछि तत्कालीन अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिनु भएको थियो । त्यसलगत्तै गत असार २२ गते बुधबार छानवीन गर्न ११ सदस्यीय सो समिति गठन गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?